मेलबर्न । अष्ट्रेलियामा मृत भेटिएकी नेपाली विद्यार्थी अस्मिता रिजालको अन्त्यष्टि गरिएको छ। केहि दिन अगाडी मात्र अस्मिताको शव नेपाल पुर्याइएको थियो। परिवारले बिहिबार पशुपति आर्यघाटमा उनको अन्त्यष्टि गरेको हो।

काठमाडौ बबरमहलकी अस्मिता चार वर्ष अगाडी अष्ट्रेलिया आएकी थिइन्। पछिल्लो समय उनले सिड्नीमा रहेको इलाइट कलेजमा डिप्लोमा इन बिजनेस पढ्दै थिइन् ।

गत जनवरी २ तारिखका दिन अर्बन स्थित आफ्नै डेरामा अस्मिता मृत भेटिएकी हुन् ।

Comments

comments