नयाँदिल्ली । कर्नाटकमा तलाउनमा बस खस्दा दुई महिलासहित आठ जनाको मृत्यु भएको छ । घटनााम १० जना घाइते भएका छन् ।

कर्नाटक राज्यको राजधानी बैङलुरुदेखि २ सय ५० किलोमिटर टाढा पर्ने हास्सानमा पुल पार गरिरहेको सरकारी बस शनिबार तलाउमा खसेको हो । बसमा चालक र सहयोगीसहित ५० जना यात्रु रहेका थिए ।

बस तीबै गतिमा रहेको र चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
रासस, सिन्ह्वा

Comments

comments