काठमाडौं । बलिउड अभिनेत्री मल्लिका शेरावत लामो समयदेखि फ्रान्समा ब्वाइफ्रेन्डसँग बस्दै आएकी छन् । फान्समा बसेको घरभाडा नतिरेपछि फ्रेन्च अदालतले मल्लिकालाई घर खाली गर्न आदेश दिएको छ । एएफपीले जनाएको छ ।

एजेन्सीका अनुसार डिसेम्बर १४ मा मल्लिका र उनका लिभ इन पार्टनर सिरिल आक्सफेन्सलाई फयाल्टमा बसे वापतको भाडा ७८ हजार ७ सय ८७ युरो तिर्न भनिएको थियो । पटक पटकको आग्रमा मल्लिका र उनको ब्वाइफ्रेन्डले भाडा नतिरेपछि अदालतले फर्निचर जफत गर्ने आदेश दिएको जनाएएको छ ।

मल्लिका र सिरिल पेरिसको एरोनडिसेमेन्ट्समा बस्दै आएका छन् । उनीह बस्ने स्थान सबैभन्दा महँगो र भीभीआईपी सहर हो, जहाँ हलिउडका थुप्रै महँगा बजेट फिल्मको छायांकन हुने गरेको छ ।

मल्लिका बसेको फ्ल्याट भाडा प्रतिमहिना ६ हजार ५४ युरो (७ लाख ३६ हजार ६ सय ४० रुपैयाँ) छ । उनीहरूले अहिलेसम्म एक चोटि मात्रै २ हजार ७ सय १५ युरो तिरेका छन् । मल्लिकाको आन्दानीको स्रोत कमजोर भएको र भरपर्दो जागिर पनि नपाएकाले भाडा तिर्न नसकेको उनका वकिललेबताएका छन् ।

तर, घरमालिकका अनुसार यो बयान झूटो हो । मल्लिकाले फ्ल्याट भाडामा लिएयता १० मिलियन युरो कमाइसकेको उनी बताउँछन् । केही समयअघि मात्रै मल्लिकाले आफू पेरिसको अपार्टमेन्टमा बस्ने गरेको खबर झूटो भएको बताएकी थिइन् ।

कसैले आफूलाई डेरा दान दिएको भए त्यसको ठेगाना बताइदिन आग्रह गर्दै उनले व्यंग्यात्मक टीट गरेकी थिइन् । अहिले अपार्टमेन्टको भाडा नतिरेपछि उनको पोल खुलेको हो ।

Comments

comments