काठमाडौं । नेपाल र चीनबीच इन्टरनेट संजाल औपचारिकरुपमा जोडिएको छ । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल बीच ‘क्रस बोर्डर अप्टिकल फाइबर लिङ्क’ शुरु भएसँगै भारतसँग मात्रै रहेको इन्टरनेटको निर्भरता हटेको छ ।

चीनसँग नेटवर्क जोडिएपछि भारतको एकाधिकार समेत तोडिनेछ ।

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल बीच क्रस बोर्डर अप्टिकल फाइबर लिङ्कको औपचारिक घोषणा आगामी शुक्रबार एक कार्यक्रमकाबीच हुँदैछ ।

नेपाल टेलिकमले चीनसँगको अन्तरदेशीय इन्टरनेट लिंकको सफल परीक्षण गरिसकेको छ । नेपाल र चीनबीच इन्टरनेट कनेक्टिभिटीका लागि चाइना टेलिकम र नेपाल टेलिकमबीच व्यावसायिक सम्झौता भएको थियो ।

रसुवागढी नाका भएर नेपालमा चीनको इन्टरनेट सञ्जाल जोडिएको हो । करिब एक वर्षअघि चीनसँग इन्टरनेट संजाल जोडिने बताइँदै आईएको थियो। तर छिमेकी मुलुक चीनतर्फ अप्टिकल फाईबरमा समस्या आएको कारण सो कार्यमा ढिलाई हुँदै आएको थियो ।

यसअघि गत भदौमा नै सो इन्टरनेट सेवा संचालनमा ल्याउने तयारी टेलिकमले गरेको थियो ।

टेलिकम स्रोतले यसअघिदेखि नै परिक्षणमा रहेको सो इन्टरनेट नेटवर्क सेवा शुक्रबारदेखि भने व्यवसायीकरुपमा नै संचालन हुने जानकारी दियो ।

Comments

comments