अमेरिका । गैर कानूनी रुपमा अमेरिका आउने वा आएको भएपनि यतै लुकेर बस्ने निर्णय गर्नुभएको छ भने त्यो निर्णय अब निकै घातक निर्णय हुन सक्ने छ ।

गैरकानूनी रुपमा लुकेर बस्ने वा दलाल मार्फत ज्यानकै बाजी मारेर अमेरिका आउनेहरु तथा विद्यार्थीको रुपमा आएर पनि पढाई छोडेर डलर कमाउने ध्यानमा लाग्नेहरुलाई बुधबार अर्को निरासाजनक समाचार आएको छ ।

अमेरिकाको चर्चित खुद्रा स्टोरमा चिनिने ‘सेभेन ईलेभेन’मा बुधबार प्रशासनले छापा मार्दै केही गैर कानूनी रुपमा काम गर्ने कामदार र काम लगाउने व्यवसायीलाई नियन्त्रणमा लिएको छ ।

यो संगै कागजपत्र नभएकाहरुलाई काम लगाउने व्यवसायीलाई प्रशासनले कडा चेतावनी दिएको छ जसको कारण अब गैर कानूनी रुपमा बसेकाहरुले अमेरिकामा काम पाउने ढोकाहरु बन्द हुँदै गएको छ ।

धेरैजसो नेपालीले समेत काम गर्दै आएको अमेरिकाको चर्चित खुद्रा ग्रोसरी स्टोर सेभेन ईलेभेनमा बुधबार प्रहरीले छापा मारी दुई दर्जन बढी कामदारलाई गिरफ्तार गरेको छ ।

गैर कानूनी आप्रवासी रोक्ने ट्रम्प प्रशासनको योजनाअनुसार धेरै आप्रवासीले काम गर्ने स्टोरमा छापा मारिएको यो सबैभन्दा पछिल्लो घटना हो ।

बासिङटन पोष्टले जनाएअनुसार बुधबार एकैसाथ विभिन्न १७ राज्यका ९८ वटा स्टोरमा छापा मारेर २१ जना गैरकानूनीको आशंका गरिएका कामदारलाई नियन्त्रणमा लिईएको छ भने केही स्टोर बन्द गराईएको छ ।

नियन्त्रणमा लिएकाहरु कुन कुन देशका हुन भन्ने खुलाईएको छैन । छापा मार्ने क्रममा गैर कानूनी कामदारलाई काम लगाउने स्टोरहरु बन्द गरिएको समाचारमा जनाईएको छ ।

Comments

comments