एजेन्सी । स्टार स्टाइकर लियोनेल मेस्सीले दुई मिनेटमा २ गोल गरेपछि कोपा डेल रे प्रतियोगितामा बार्सिलोनाले सेल्टा भिगोलाई ५ शून्य गोल अन्तरले पराजित गरेको छ ।

खेल सुरु भएको १५ मिनेटमा नै मेस्सीले २ गोल गरेका थिए । पहिलो हाफमा नै ४ गोल गरेको बार्सिलोना दोस्रो हाफमा एक गोल गर्दै ५ शून्य गोल अन्तरले विजयी भएको हो ।

कीर्तिमानी मूल्यमा लिभरपूलबाट बार्सिलोना गएका फिलिप्स कोटिन्हा भने यो खेलमा मैदानमा गएका थिएनन् ।

Comments

comments