मेलबर्न। प्रदर्शन अगाडी नै चर्चामा आइरहेको चलचित्र मिस्टर झोले अष्ट्रेलियामा प्रदर्शन हुनेभएको छ । चलचित्र यसै शनिबार अर्थात जनवरी १३ मा सिड्नीको इभेन्टसिनेमा बरउडमा प्रदर्शन हुने भएको हो ।

इपी माइग्रेशनको सहकार्य तथा वल्डवाइड फिल्म्सको संयोजन र नेप्ले इभेन्टको आयोजनामा कमेडी चलचित्र मिस्टर झोले प्रदर्शन हुन लागेको हो । शोको टिकट मूल्य २५ डलर तोकिएको छ ।

रामबाबु गुरुङद्वारा निर्देशित तथा दयाहाङ राइको मुख्य अभिनय रहेको चर्चित चलचचित्रमा वर्षा राउत, दिया पुन र हास्य अभिनेता बुद्धि तामाङको अभिनय हेर्न सकिनेछ।

Comments

comments