सप्तरी । चिसो पीडितलाई धुर्मुस–सुन्तली फाउन्डेशनले कम्बल वितरण गरेको छ । फाउन्डेशनले तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर ४ र वडा नम्बर ८स्थित दलित तथा मुसहर बस्तीमा बुधबार कम्बल र ब्ल्याङ्केट बाँडेको हो ।

तोपामा ५४ परिवार मुसहर र कोइलाडीमा ८१ परिवार मुसहर तथा अतिअसहाय २० परिवार गरी कूल १ सय ५५ परिवारलाई प्रतिपरिवार एउटाका दरले ब्ल्याङ्केट वितरण गरिएको फाउन्डेशनका अध्यक्ष तथा हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले जानकारी दिएका छन् ।

शीतलहरबाट प्रभावित सप्तरीको विभिन्न स्थानमा प्रशासनले पनि कम्बल वितरण गरेको छ । रेडक्रस सोसाइटीको सहयोगमा शम्भुनाथ नगरपालिकाकाे वडा नम्बर ६, ७ र ८ मा रहेको दलित बस्तीमा २ सय परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको प्रशासनले जनाएको छ ।

जिल्लामा चिसोबाट अहिलेसम्म २० जनाको मृत्यु भइसकेको छ । प्रहरीले आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

Comments

comments