एजेन्सी । साना बालबालिकाले उत्सुकताले वा अन्जानमा गुच्छा, सिक्का, ब्याट्री, एसिड आदि निल्न सक्छन् । यसबाट बचाउने सबैभन्दा उत्तम उपाय त ती सामानहरु बच्चाले नभेट्ने ठाउँमा राख्नु हो । तर, बच्चाले भेटेर मुखमा हालीहाल्यो भने के गर्ने त ?

– बच्चाले गुच्छा निल्यो भने धेरै आत्तिनु पर्दैन । त्यो गोलो आकारको हुने हुँदा दिशाबाट बाहिर आउँछ।

– सिक्का चेप्टो हुने हुँदा भित्र अड्किन सक्छ। सिक्का पेटमा अड्किएको छ र कुनै पनि असर देखिएको छैन भने, चार हप्तासम्म कुर्न सकिन्छ। सिक्का आन्द्रामा पुगेको भए जोखिम कम हुँदै जान्छ। तर बच्चाले ठूलो सिक्का वा धारिलो बिट भएको सिक्का खाएको छ भने तुरुन्तै निकाल्नुपर्छ।

– ब्याट्री निलेमा तुरुन्त अर्थात चार घण्टा भित्रमा निकाल्नुपर्छ। किनकी ब्याट्रीमा हानिकारक केमिकल हुन्छ र त्यसले आन्द्रा, नली फुटाउने तथा अरु अंगमा समेत असर गर्ने डर हुन्छ।

– बच्चाले एसिड निल्यो भने उसलाई बान्ता हुन्छ र बच्चा सामान्य अवस्थामा फर्किन्छ। तर, एसिड खतरनाक हुने हुँदा, बच्चाको तुरुन्त उपचार गर्नुपर्छ । होइन भने, यसले पछि पनि केही न केही खराबी गर्छ ।

Comments

comments