मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले दुई पेशाको लागि भिसा नोमिनेशन बन्द गरेको छ ।

गत अक्टोबरमा इञ्जिनियरिङ्ग र बिल्डिंग अन्तर्गतका पेशाको भिसा नोमिनेशन यही जनवरी १२ सम्मको लागि बन्द गरिएको थियो। अहिले त्यो अवधि बढाएर आगामी फेब्रुअरी ४ सम्मको लागि बन्द गरिने भएको हो ।

यो बन्द अवधि सकिएपछि अर्थात फेब्रुअरी ५ देखि मात्र भिक्टोरिया सरकारले इञ्जिनियरिङ्ग र बिल्डिंग पेशा अन्तर्गतको भिसा नोमिनेशन खुल्ला गर्नेछ र यी पेशाको लागि अप्लाई गर्न सकिनेछ। यी पेशा अन्तर्गतको भिसाको लागि निवेदनहरु धेरै भएको हुँदा केही समयको लागि नोमिनेशन बन्द गरिएको सरकारले बताएको छ ।

यसबाट प्रभावित हुने पेशाहरु :

३१२११२ बिल्डिंग एसोसिएट
२३३२११ सिभिल इन्जिनियर
३१२२११ सिभिल इञ्जिनियरिङ्ग ड्राफ्टपर्सन
२३३३११ इलेक्ट्रिकल इन्जिनियर
३१२३११ इलेक्ट्रिकल इन्जिनियर ड्राफ्टपर्सन
२३३५१२ मेकानिकल इन्जिनियर
२३३९१४ इञ्जिनियरिङ्ग टेक्नोलोजिस्ट

स्ट्रिमलाइन पीएचडि , ७ पाथवे र भिक्टोरियामा इम्प्लोयेमेंट अफर भएका व्यक्तिहरुलाई यसले असर नगर्ने समेत बताइएको छ ।

Comments

comments