मेलबर्न । अष्ट्रेलियामा बुधबार गुडिरहेको कारको झ्यालमा सर्प देखियो । यो घटना न्यु साउथ वेल्सको साउथ कोस्टमा घटेको हो।

बुधबार टेड अङ्गियर एडनबाट कारमा फर्किंदै थिए । जब उनले कारको झ्यालतिर आँखा लगे, उनी डरले थरथर काँपे । उनको कारको झ्यालमा केही भाग बेरिएर कालो ठूलो सर्पले टाउको उठाईरहेको थियो । केही समयपछि उनले गाडी रोकेर एक महिलाको सहयोगमा सर्पलाई धपाउन सफल भए र आफ्नो यात्रालाई निरन्तरता दिए ।

Sydney

टेडका कम्पनि मालिकले यस घटनालाई फोटो सहित फेसबुकमा राख्दै लेखेका छन् , ” म हुन्थें भने, कारलाई बीच बाटोमै छोड़थें होला ।”

फोटो स्रोत

Comments

comments