एजेन्सी । लिक (काराबाओ) कप फुटबल अन्तर्गत बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् ।

यो खेलमा भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) प्रविधि प्रयोग गरिएको थियो । चेल्सीले दुईपटक गरेको पेनाल्टी अपिलका बारेमा रेफ्री मार्टिन एटकिन्सनले भिएआरको सहयोग लिएर पेनाल्टी अपिल अस्वीकार गरेका थिए ।

दुवै तर्फबाट गोल गर्ने राम्रा प्रयास भए पनि गोल भने हुन सकेन । दोस्रो लेग जनवरी २४ मा आर्सनलको मैदानमा हुनेछ

Comments

comments