काठमाडौं । अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाईद साधारण तारेखमा छोड्न आदेश दिएको छ । उनलाई अधिवक्ता सुरेन्द्र भण्डारीको रोहबरमा रिहा गर्न आदेश दिइएको हो।

सो इजलासले केसीले उठाएको माग बमोजिम  प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्र  र नागरिकताको फाइल पनि झिकाउन आदेश दिएको छ।

Comments