काठमाडौं । उपत्यकाको भित्री शहरमा रहेका धार्मिक तथा पर्यटकीय महत्वका क्षेत्रमा माघ २ गतेबाट सवारी आवगमनमा रोक लगाइने भएको छ ।

काठमाडौं महानगरपालिका र महानगरिय ट्राफिक प्रहरी महाशाखाले वडा नम्बर १७, १८, १९, २२, २४, २५ र २७ लगायतका भित्री सहरमा सवारी आवमगनको रुट व्यवस्थापन गर्ने भएको छ । यी वटाहरुमा इन्द्रचोक, बसन्तपुर, नरदेवी, क्षेत्रपाटी, भेडासिंङ लगायतका क्षेत्र रहेका छन् ।

पर्यटकीय क्षेत्रले आफ्नो मौलीक पहिचानलाई जीवन्त राख्न उक्त क्षेत्रमा माघ २ गतेबाट बिहान सातदेखि बेलुका सात बजेसम्म भएका कारण चार पाङग्रे सवारी साधारलाई केही स्थानमा पूर्ण निषेध, केही क्षेत्रमा एकतर्फी मात्र सवारी चलाउने व्यवस्था गर्न लागेको महाशाखाले जनाएको छ ।

पर्यटकीय क्षेत्र समेत भएको उक्त वडाहरुमा टेलिफोन, विद्युत, ढल, सडकको निर्माण आवश्यक रहेको समेत जनाएको छ । उक्त क्षेत्रमा पर्यटकको संख्या बढाउन सकेको खण्डमा राजश्व वृद्वि हुने अपेक्षा गरिएको छ ।

Please follow and like us:

Comments