एजेन्सी । अस्पतालमा उपचारको लागि ल्याइएको बच्चाको अनुहार ‘प्रेस’ गरेर भिडियो बनाउने नर्सहरुको मेडिकल लाइसेन्स खारेज भएको छ। उनीहरुले बच्चाको अनुहार थिचेर मजाक गर्दै भिडियो बनाएर सामाजिक संजालमा राखेका थिए।

साउदीको अस्पतालमा यो घटना भएको बुझिएपछि थप अनुसन्धान अगाडी बढाइएको थियो । भिडियोमा अनुहार नदेखिएपनि अनुसन्धानबाट तीन जना नर्स उक्त भिडियोमा संलग्न रहेको पाइयो र ती नर्सहरुको पहिचान समेत भयो।

ती तीन जना नर्सहरुलाई तुरुन्तै जागिरबाट हटाइएको छ र उनीहरुको मेडिकल लाइसेन्स पनि खारेज गरिएको छ । नर्सहरुको परिचय भने सार्वजनिक गरिएको छैन।

बच्चाका बाबुका अनुसार उनलाई युरिनरि इन्फेक्सनका कारण उपचारको लागि अस्पताल ल्याइएको थियो । हेर्नुहोस् भिडियो :

Please follow and like us:

Comments