दक्षिण कोरियाको इन्चोनमा जारी १७ औ एसियाली खेलकुद प्रतियोगितामा नेपालले आज पनि सुधारिएको फुटबल खेल प्रदर्शन गर्न सकेन ।

नेपालको यु २३ फुटबल टोली आफ्नो दोश्रो खेलअन्र्तगत कुवेतसँगको स्पर्धामा निरासाजनक रुपमा प्रस्तुत भयो । सम्हालिएको प्रदर्शन गर्न नसकेको नेपाल कुवेत सँग ५ ० ले पराजित भयो । मध्यान्तरसम्म १–० ले पछि परेको नेपालले मध्यान्तरपछि ३ गोल खान पुग्यो । मध्यान्तरपछि भने नेपालको डिफेन्स लाइन कमजोर बन्दा लगातार गोल खान पुग्यो । आजको यो हारसँगै नेपालको अर्को चरण प्रवेशको सम्भावना समाप्त भएको छ । एसियाडको डि समूहमा रहेको नेपाल यसअघि पहिलो खेलमा इराकसँग ४ – ० गोल अन्तरले पराजित भएको थियो ।

अब नेपालले आगामी आईतबार अर्काे बलियो प्रतिद्वन्द्वी जापानको सामना गर्नेछ ।

Comments

comments