एजेन्सी । बहुप्रतिक्षित बलिवुड फिल्म ‘प्याडम्यान’ जनवरी २५ मा प्रदर्शन हुने भएको छ। आर. बालकी निर्देशित ‘प्याडम्यान’ मा अक्षय कुमार, सोनम कपुर, राधिका अप्टे लगायतको भूमिका छ।

फिल्म युनिट अहिले फिल्मको प्रचारप्रसारमा जुटिरहेको छ । सोही प्रचार प्रसारको क्रममा सोनमले आफू अवार्डको लागि फिल्म नखेलेको बताएकी छिन्। उनले भनेकी छिन्, ” म अवार्डको लागि फिल्म खेल्दिन। म केवल राम्रो काम र राम्रो फिल्मको हिस्सा बन्न चाहँन्छु। ” फिल्म ‘निरजा’ बाट सोनमले ६४ औं राष्ट्रिय अवार्ड पाएकी थिइन् ।

साेनमले विनोद चोपडाको फिल्ममा पनि अाफू अनुवन्धित भएकाे समेत जानकारी दिएकी छन्। ” म फेब्रुवरी, मार्च र अप्रिलमा विनोद चोपडाको फिल्ममा काम गर्दैछु। त्यसपश्चात फिल्म ‘जोया फ्याक्टर’काे तयारीमा जुट्नेछु। “

Comments

comments