एजेन्सी । लिभरपुलबाट २५ वर्षीय ब्राजिलियन खेलाडी फिलिप कोन्टिन्हो बार्सिलोना गएका छन् । उनी यहि हप्ता एक सय ४२ मिलियन पाउण्ड स्ट्रर्लिङमा लिभरपुलबाट बार्सिलोना गएका हुन् ।

बार्सिलोनाका पूर्व खेलाडी रिभाल्डोले कोन्टिन्होको बार्सिलोना प्रवेश बारेमा प्रतिक्रिया दिंदै उनले स्टार स्ट्राइकर लियोनल मेस्सीको ठाउँ लिने दाबी गरेका छन् । उनले भनेका छन् , ” हामी सबैलाई थाहा छ मेस्सी ठूला स्टार हुन् । उनी अझै तीन वा चार वर्ष उच्च स्थानमा रहन सक्छन् । तर कोन्टिन्होमा मेस्सीको छायामा रहेर पनि आफ्नो प्रभाव राख्ने क्षमता छ । कोन्टिन्हो महंगा खेलाडी रहेकाले उनको काँधमा जिम्मेवारी छ भने क्लबले पनि उनको क्षमता देखेर नै बढी रकम खर्चिएको हो ” ।

यो अनुबन्धपछि कोन्टिन्हो विश्वका महंगा खेलाडीको सूचिमा नेइमारपछि दोस्रो स्थानमा छ । नेइमार यहि सिजन दुई सय २२ मिलियनमा बार्सिलोनाबाट पिएसजी गएका थिए ।

Comments

comments