काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस मसान्तपछि पुरानो (म्याग स्ट्राइप) कार्ड चलाउन नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले पुरानो कार्ड प्रणाली परिवर्तन गरेर चिपबेस्डमा जान निर्देशन दिइसकेको छ । एटिएम सुरक्षाको लागि चिपबेस्ड कार्ड अनिवार्य गरिएको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले २०१७ भित्रमा बैंक तथा वित्तीय संस्थाले पुरानो प्रणालीको कार्ड परिवर्तन गरेर चिपबेस्डमा जाने जानकारी दिएको बताए ।

किन गरियो यस्तो परिवर्तन ?

इन्टरनेसनल पेमेन्ट एसोसिएसनले सन् २०१७ पछि पुरानो प्रबिधिका कार्ड हटाएर चिपबेस्ड कार्ड प्रयोग गर्न सबै सेवा प्रदायकहरुलाई आव्हान गरेको थियो । पुरानो प्रविधिको म्याग स्ट्रइप कार्डमा सुरक्षा प्रणाली कमजोर भएको र त्यसको कारण उत्पन्न हुने जोखिमले भुक्तानी दिने बैंक तथा वित्तीय संस्थालाई हानी नोक्सानी पर्ने भन्दै यस्तो ब्यवस्था गरिएको थियो ।

एसोसिएसनको आग्रहमा संसारका धेरै केन्द्रीय बैंकहरुले आआफ्ना देशका बैंक तथा वित्तीय संस्थाहरुलाई चिपबेस्ड कार्ड प्रयोगमा ल्याउन निर्देशन दिएका थिए ।

कुन कुन कार्ड चल्छन् नेपालमा ?

अहिले नेपालमा भिजा कार्ड, मास्टर कार्ड र चाइना युनियन पे ९सियुपी० कार्ड गरी ३ वटा कार्ड प्रयोगमा आउने गरेका छन् । यसमध्ये सियुपी कार्ड चीन र चीनको प्रभाव रहेका देशहरुका नागरिकले प्रयोग गर्ने गरेका छन् । नेपालमा सियुपी कार्ड लिनेको संख्या नगन्य भएपनि त्यस्ता देशहरुबाट आउनेहरुले नेपालमा प्रयोग गर्ने गरेका छन् ।

यी तीनवटै कार्ड सेवा प्रदायकले सन् २०१७ को सेप्टेम्बर महिनासम्ममा सबै कार्ड चिपबेस्ड बनाइसक्नु पर्ने म्याद तोकेका थिए । तर, तोकिएको समयमा पुराना सबै कार्ड विस्थापित गरी नयाँ कार्ड प्रयोगमा ल्याउन समय नपुगेको नेपाली बैंकहरुले सम्बन्धित कार्ड सेवा प्रदायकलाई जानकारी गराएका थिए । बैंकहरुको तर्फबाट यस्तो आग्रह आएपछि मास्टर कार्डले केही समय दिन्छु भनेको र भिजा कार्डले कुनै प्रतिक्रिया नदिएको एक बाणिज्य बैंकका कार्ड विभागका प्रमुखले जानकारी दिए ।

Comments

comments