मेलबर्न । अब अष्ट्रेलियाको विद्यार्थी भिसाको लागि पहिले भन्दा बढी बैंक ब्यालेन्स देखाउनुपर्ने भएको छ । यहि वर्ष अर्थात २०१८ को फेब्रुअरी महिना देखि नै यो नियम लागु हुने भएको हो ।

विद्यार्थीले एक वर्ष खाना, यातायात, पढाइ तथा खाना खर्च पुर्याउने गरि र अष्ट्रेलियाको ‘कन्ज्युमर प्राइस इन्डेक्स’ को आधारमा देखाउनु पर्ने रकम बढाइएको हो । यस भन्दा अघिको रकममा करिब २.३ प्रतिशत बढाएर नयाँ मापदण्ड तोकिएको छ । जुन यस्तो छ :

विद्यार्थी २०, २९० डलर ( पहिले १९, ८३० डलर )
स्पाउस ७, १०० डलर ( पहिले ६, ९४० डलर )
बच्चा ३,०४० डलर ( पहिले २, ९७० डलर )

विस्तृत जानकारीको लागि http://www.homeaffairs.gov.au/Trav/Stud/More/Student-Visa-Living-Costs-and-Evidence-of-Funds मा क्लिक गर्नुहोस् ।

Comments

comments