काठमाडौं । सोमबार साँझ अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई मंगलबार बिहान नौ बजे सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

डा. केसीलाई अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्च अदालतले सोमबार पक्राउ पूर्जी जारी गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

अदालतले आदेश दिए लगत्तै डा. केसीलाई अनसनस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का डीन नियुक्ति प्रकरणमा अदालतको फैसलाविरुद्ध डा.केसीले दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै सर्वोच्चमा सोमबार रिट दायर भएको थियो ।

Comments

comments