मेलबर्न । ग्रेस इन्टरनेशनल कन्सल्टेन्सीद्वारा प्रायोजित नियमित स्तम्भ स्टुडेन्ट टकमा आज हामीले बुटवल घर भएका पुरुषोतम अर्यालसंग गरीएको कुराकानी समावेश गरेका छौं । उहाँ अहिले अष्ट्रेलियाको चार्ल्स स्टर्ट युनिभर्सिटीमा मास्टर्स इन प्रोफेसनल अकाउन्टिंग पढ्दै हुनुहुन्छ । प्रस्तुत छ अर्यालसंग गरिएको छोटोमीठो कुराकानी:

नेपालमा तपाईंको घर कहाँ हो ?

मेरो घर बुटवल हो ।

अष्ट्रेलिया कहिले आउनुभयो ?

म यहाँ आएको तीन वर्ष भयो ।

अष्ट्रेलियालाई नै आफ्नो पढाइको गन्तव्य बनाउनुको कारण ?

विश्वस्तरिय पाठ्यक्रम, राम्रो पढाइ र करियरको अवसरले गर्दा ।

कुन युनिभर्सिटिमा कुन विषय पढ्दै हुनुहुन्छ ?

चार्ल्स स्टर्ट युनिभर्सिटीमा मास्टर्स इन प्रोफेसनल अकाउन्टिंग गर्दैछु ।

युनिभर्सिटी कसरि छान्नुभयो ?

मैले पढ्ने युनिभर्सिटी उत्कृष्ट युनिभर्सिटीहरु मध्ये पर्छ र यहाँ अकाउन्टिंग पढ्ने विद्यार्थीहरुको लागि एकदमै राम्रो छ ।

यो विषय आफ्नो केही लक्ष्यले रोज्नुभयो की परिवारको सल्लाह वा दबाबमा ?

आफैले रोजेको हूँ ।

सुरुमा अष्ट्रेलिया आउँदाको अनुभव ?

स्वतन्त्रता भएको, भेदभाव नभएको, काम प्रति सम्मान भएको देख्दा रमाइलो लाग्यो ।

युनिभर्सिटीमा नेपाली विद्यार्थीको लागि कत्तिको सहज वातावरण पाउनुभयो ?

समय व्यवस्थापन गर्न जान्ने हो भने सजिलो छ । विद्यार्थी र युनिभर्सिटी अनुसार पनि फरक पर्छ ।

विद्यार्थी जीवनमा प्रेमजीवनमा प्रवेश गर्नु कत्तिको उचित हो जस्तो लाग्छ ? तपाईंको प्रेम अनुभव ?

राम्रै हो । थियो, तर मेरो व्यक्तिगत कारणले गर्दा सम्बन्ध स्थायी हुन सकेन ।

कक्षामा कत्तिको निन्द्रा लाग्छ ?

धेरै नै लाग्छ । कामले थाकीएको हुन्छ ।

पढाइ र कामको लागि कसरि समय मिलाउनुहुन्छ ?

काम र पढाईलाई बिहान र बेलुकाको छुट्टा छुट्टै समय मिलाउने र पढाइको धेरै प्रेसर भएको बेलामा कामबाट छुट्टी लिने ।

सुरुमा काम खोज्दा कत्तिको गाह्रो भयो ?

सबै कुरा नयाँ भएको हुँदा केही गाह्रो भयो ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अहिले यहाँ भोगेको अष्ट्रेलियामा केही फरक ?

नयाँ ठाउँमा आउँदा सोंचेको भन्दा फरक त हुन्छ नै । तर, मैले नेपालबाट आउँदा नै ‘माइन्ड मेकअप’ गरेर आएको हुँदा त्यति असजिलो लागेन ।

अष्ट्रेलियाको सबैभन्दा राम्रो पक्ष र सबैभन्दा नराम्रो पक्ष ?

स्वतन्त्रता, सुरक्षा, मानव अधिकार, आत्मनिर्भरता यहाँका राम्रा पक्ष हुन् । यहाँ विदेशी विद्यार्थीले केही समय बढी संघर्ष गर्नुपर्छ ।

कस्तोबेला अष्ट्रेलियाको बसाइ देखि खुशी लाग्छ र कस्तोबेला दिक्क लाग्छ ?

बिदाको समयमा, घुम्न जाँदा, साथीहरुसंग भेट हुँदा खुशी लाग्छ । काम र पढाइको दौडधुपले दिक्क लाग्छ ।

पढाइ सकेपछि अष्ट्रेलिया बस्नुहुन्छ वा नेपाल फर्किने विचार छ ?

अझै निर्णय लिएको छैन ।

अष्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थीहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

नेपालमा बसेर सपना देखे जस्तो सजिलो छैन अष्ट्रेलिया । तर, यहाँ पढाइ पूरा गर्न सकियो भने धेरै राम्रा अवसरहरुका बाटा खुल्छन्।

नेपालमा रहेका परिवार, नातेदार वा साथीभाइलाई के भन्न चाहनुहुन्छ ?

राम्रो चल्दैछ सबै । अझ राम्रो गर्दै जाने प्रयासमा छु ।

Comments

comments