काठमाडौं । सर्वोच्च अदालतले प्रा. डा. गोविन्द केसीलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई अवहेलना मुद्दामा पक्राउ गर्न पूर्जी जारी गरि आदेश जारी गरेको छ ।

डा. केसीले अदालतको फैसलाविरुद्ध बोलेको र न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशविरुद्ध अशिष्ट अभिव्यक्ति उल्लेख भएको जनाइएको छ ।

डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेका छन् । उनले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र पराजुली माफियाको डन भएको बताएका थिए ।

Comments

comments