मेलबर्न । नेपालीहरुको अर्को ठूलो चाड माघे संक्रान्ती आउन केही दिन मात्र बाँकी छ । पर्व विशेष गरि नेपालको सुदुर पश्चिम क्षेत्रमा धुमधामका साथ मनाउने गरिन्छ । उक्त क्षेत्रबाट आएर अष्ट्रेलियामा बसोवास गरिरहेका नेपालीहरुले यहाँ पनि माघे संक्रान्ति पर्व मनाउने तयारि गरेका छन् ।

सुदुर पश्चिमेली समाज भिक्टोरियाले माघे संक्रान्ती विशेष कार्यक्रमको आयोजना गरेको हो । नि:शुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा बार्बीक्यु पार्टीको साथमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम हुनेछ । समाजले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भएर शुभकामना, माया तथा सद्भाव साटासाट गर्नको लागि अनुरोध गरेको छ ।

उक्त माघे संक्रान्ती विशेष कार्यक्रम आगामी १४ जनवरीमा दिउँसो १२ बजेदेखि कोबर्ग लेक पार्कमा हुनेछ ।

Comments

comments