एजेन्सी । सामान्यतया गर्भधारण भएको नौ महिनापछि बच्चा जन्मन्छ । तर, पछिल्लो समय निर्धारित अवधिभन्दा अगावै बच्चा जन्मने क्रम बढ्दो छ ।

आमाका कारण

गर्भवती आमामा मधुमेह, उच्च रक्तचाप, एन्टिबडी सेन्ड्रोम बढ्नेलगायतको समस्या भएमा वा पाठेघरमा ट्युमर छ भने पनि समयअघि नै बच्चा जन्मिन सक्छ ।
इन्फेक्सन, पोषण तत्वको कमी, हमोग्लोबिनको मात्रा कम भएको आमाबाट पनि निर्धारित अवधिभन्दा अगाडि नै बच्चा जन्मिन सक्छ ।

पाठेघरमा पानी

आमाको पाठेघरमा पानीको मात्रा बढी भएको आवस्थामा छिटो बच्चा जन्मने सम्भावना हुन्छ । यदि पाठेघरमा दुई लिटरभन्दा बढी पानी जम्मा भए समयअगावै बच्चा जन्मन पुग्छ ।

शिशुको कारण

आमाको गर्भमा रहेको शिशु एब्नर्मल छ भने चाँडै जन्मने सम्भावना हुन्छ । शिशुमा हृदयघातजस्ता समस्या भएपनि समयअगावै जन्मन सक्छ ।

बढी शिशु

कहिलेकाहीं आमाको पेटमा दुई वा दुईभन्दा बढी शिशु पनि हुन सक्छन् । यस्तो अवस्थामा पनि आमाको गर्भबाट नौं महिना भन्दा अगावै बच्चा जन्मन सक्छ ।

समय अगावै बच्चा जन्मेमा

गर्भधारण भएको ३७ हप्तापछि जन्मेको बच्चालाई मात्र स्वस्थ्य मानिन्छ । समय अगावै जन्मिदा बच्चा र आमा दुवैको स्वास्थ्यमा असर पर्न सक्छ ।

यसकारण जन्मन्छ, समय अगावै बच्चा

गर्भ रहेको ३७ हप्ताभन्दा पहिले नै जन्मेका बच्चामा विभिन्न स्वास्थ्य समस्याहरु देखापर्न सक्छन्, जस्तै– नर्मल बच्चा २ दशमलव २ केजीको हुन्छ भने समयअगावै जन्मिने बच्चाको तौल एब्नर्मल हुन सक्छ । त्यस्ता एब्नर्मल तौल भएका बच्चालाई बचाउन समेत गाह्रो पर्छ ।

समयअगावै जन्मने बच्चामा जन्डिस, हृदयघात, ग्लुकोज र तापक्रमको कमीजस्ता समस्या हुन सक्छ । यसरी जन्मेको बच्चा भविष्यमा पनि एब्नर्मल हुन सक्छन् । अमयअगावै जन्मिएका कतिपय बच्चामा मस्तिष्कको समेत समस्या देखिन्छ ।

Comments