मेलबर्न ।अष्ट्रेलियाको सिड्नीमा ७९ वर्षयताकै सबैभन्दा गर्मी महसूस गरिएको छ । त्यहाँको तापक्रम ४७ दशमलव ३ सेल्सियस पुगेको छ ।
सिड्नीको पश्चिममा रहेको पेन्रिथमा आइतवार अत्यधिक गर्मी भएपछि स्थानीयहरू आलसतालस परेका थिए ।
गर्मीकै कारण बृहत्तर सिड्नी क्षेत्रमा भयंकर आगलागीका चेतावनीहरू जारी भएका छन् । राज्य सरकारले शहरभरि आगो बाल्न प्रतिबन्ध लगाइएको छ ।
सन् १९३९ मा त्यहाँको तापक्रम ४७ दशमलव ८ सेल्सियस पुगेको थियो भने आइतवार झण्डै त्यति पुगेको हो।
अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बन्दै गएको छ ।
वातावारणविज्ञहरूका अनुसार, जलवायु परिवर्तनका कारण जमीन र समुद्रको तापक्रम बढेको र झन् भयावह स्थिति आउने चेतावनी दिएका छन् ।