काठमाडौं । व्यवसायी वसन्त पौडेलको हत्याको विरोधमा तीन दिनदेखि जारी रुपन्देही बन्द फिर्ता भएको छ ।

एमाले निकट नेपाल युवा संघ र व्यवसायीहरुको आह्वानमा शुक्रवारदेखि जिल्ला बन्द हुँदा जनजीवन कष्टकर बनेको थियो । हत्याराको पहिचान गरि कारवाही गर्ने सरकारी प्रतिवद्दतापछि आइतवार अपरान्हदेखि जिल्ला बन्द फिर्ता लिइएको हो । बन्द फिर्ता भएसँगै तीनदिनदेखि बन्द बजार खुलेको छ भने केही यातायात समेत सञ्चालन शुरु भएको छ । योसँगै रुपन्देहीको जनजीवन विस्तारै सामान्य बन्दै गएको छ ।

Comments