समूह चरणको दोस्रो खेलमा स्पेन चिलीसँग र अष्ट्रेलिया नेदरल्याण्डसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरीएका छन् । बुधवार राती भएको समूह चरणको दोस्रो खेलमा चिलीसँग २-०ले पराजित हुँदै डिफेन्डिङ च्याम्पियन स्पेन विश्वकपको पहिलो चरणबाटै बाहिरिएको हो । जितसँगै चिली दोस्रो चरणमा प्रवेश गरेको छ ।

चिलीका लागि पहिलो हाफमा एड्युरडो भर्गासले २० औं मिनेटमा टोलिलार्इ अग्रता दिलाएका थिए । त्यस्तै चिलीका लागि चार्ल्स एङज्युजले ४३ औं मिनेटमा गोल गर्दै गोल संख्या २ पुराएका थिए । त्यसपछि खेलमा गोल हुन सकेन र चिलीले खेल २-०ले जित हात पार्यो ।

उता बुधबार राति भएको पहिलो रोमाञ्चक तथा संघर्षपूर्ण खेलमा नेदरल्याण्डले अष्ट्रेलियालाई ३-२ ले पराजित गरेको थियो । गोल गर्ने होडबाजीमा अघि पछि रहँदै २-२ गो बराबरीको अवस्थामा मेम्फिस डिपेले खेलको ६८ औं मिनेटमा गरेको गोल नै नेदरल्याण्डको लागि बिजयी गोल बन्यो ।

समुह चरणको खेलमा दुई खेल जित्दै समुहमा सबैभन्दा बढी ६ अंक जोडेको अघिल्लो विश्वकप फुटवलको उपविजेता रहेको नेदरल्याण्ड यसपटक अन्तिम १६ टिममा पर्ने पहिलो भाग्यमानी बन्ने भएको छ । समुह चरणको दुई खेलमा जित सहित ६ अँक जोडेको नेदरल्याण्डले अष्ट्रेलियालाई पराजित गर्दै अन्तिम १६ को बाटो खोलेको हो ।

Comments

comments