चितवन । आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुन विहीबार यहाँ आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल आइतबार गाडीबाटै काठमाडौ फकिएका छन् । अध्यक्ष दाहाल काठमाडौ फर्किन दुई दिनदेखि जहाज कुरिरहेका थिए । चिसोको कारण आइतबार पनि जहाज नउडेपछि उनी गाडीबाटै राजधानीतिर लागेका हुन् ।

अध्यक्ष दाहाल बिहान ९ बजे गाडीबाट काठमाडौं तर्फ प्रस्थान गरेको माओवादी केन्द्र चितवन इन्चार्ज इश्वरी भट्टराईले बताए । ‘उहाँ यताा आएपछि एकता संयोजक समितिको बैठक बस्न ढिलाइ भएको खबर आइरह्यो’ उनले भने, ‘जहाज आज पनि उड्ने अवस्था नदेखेपछि गाडीबाटै फर्किनु भयो ।’

.भरतपुर विमानस्थलबाट हुँदै आएको उडान बाक्लो हुस्सुकाे कारण शनिबारदेखि प्रभावित भएको छ । शनिबार भरतपुरबाट कुनै पनि उडान हुन सकेन । मौसममा सुधार नआए आइतबार पनि उडान हुन नसक्ने विकानस्थल कार्यालयले जनाएको छ ।

Comments