मेलबर्न। अष्टेलियामा रहेका नेपाली समुदायहरु आफ्नो पहिचानको सम्बर्द्धनको लागि विभिन्न संघ, संस्था तथा समूह गठन गरेर अगाडी बढिरहेका छन् । यसरि नै अगाडी बढेको छ, मधेसी कम्युनिटी भिक्टोरिया ( एमसीभी ) ।

मधेसी कम्युनिटी भिक्टोरियाले विगत केही वर्ष देखी आफ्नो कला संस्कृति तथा पहिचानको सम्बर्द्धन संगै एक-अर्कालाई सहयोग गर्दै एकताबद्ध भइ अगाडी बढ्नको लागि संस्थागत रुपमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । कार्यकारी समिति गठन गरि व्यवस्थित तरिकाले समुदायको लक्ष्य पूरा गर्न लागिपरेको यस समाजले आगामी कार्यकालको लागि नयाँ समिति समेत चुनेको छ ।

गत डिसेम्बर १६ मा भएको साधारण सभाबाट कार्यसमितिका पदाधिकारीहरुको चयन गरिएको हो । डा. सुरेन्द्र रौनियारको अध्यक्षतामा आठ सदस्यीय कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा गोपाल कुमार साह, सचिवमा सन्तोष कर्ण, कोषाध्यक्षमा प्रमोद पटेल र सदस्यहरुमा जय चन्द्र झा, रजनीश साह, अजय साह, रीना देओ हुनुहुन्छ ।

कार्यसमितिमा चयन भएका सबै सदस्य समुदायको भावना, संस्कृति, त्यसभित्रका व्यक्तिहरुको समस्या तथा चाहना आदिलाई राम्रोसंग बुझेका व्यक्तिहरु भएकोले यो कार्यसमितिले भिक्टोरियामा रहेको मधेसी समुदायलाई अगाडी बढाउनको लागि प्रभावकारी रुपमा अगाडी बढ्न सकिनेमा आफू विश्वस्त रहेको अध्यक्ष डा. सुरेन्द्र रौनियारले बताउनुभयो ।

Comments