मेलबर्न । नेपाली विद्यार्थी अन्सुना महर्जन अष्ट्रेलियाको मेलबर्नमा बसेर अध्ययन गर्दैछिन् । आफ्नो भिसाको अवधि सकिने समय आएपछि भिसा थपको लागि उनले गत अक्टोबरमा भिसाको अवधि थप गर्ने प्रक्रिया सुरु गरिन् ।

भिसा थप प्रक्रियामा गर्नुपर्ने मेडिकल जांचको क्रममा अन्सुनाको मुटुमा समस्या देखियो । त्यसपछि गरिएको मुटु जांचमा उनको धड्कनमा समस्या देखियो र मुटुमा प्वाल परेको पुष्टी भयो । डाक्टरले उनको मुटुको जति सक्दो छिटो शल्यक्रिया गर्नुपर्ने र उक्त शल्यक्रियाको लागि ४० हजार अष्ट्रेलियन डलर खर्च लाग्ने बताएका छन् ।

अन्सुनाका अनुसार, नेपाल फर्केर उपचार गर्ने अथवा यही शल्यक्रिया गर्ने दुवै विकल्पको लागि उनीसंग पैसा छैन र स्वास्थ्य तथा भिसाम्यादले गर्दा उनले काम पनि गर्न पाएकी छैनन् । परिवारको आर्थिक स्थिति बलियो नभएका कारण परिवारले पनि त्यति धेरै रकम पठाउन सक्दैन ।

अन्सुनालाई बचाउनको लागि अहिले सहयोग अभियान चलाइएको छ। उक्त अभियानबाट २० हजार डलर संकलन गर्ने लक्ष्य लिइएतापनि अहिलेसम्म २८ सय डलर मात्र संकलन भएको छ। उनलाई धेरै भन्दा धेरै जनाको सहयोगको खाँचो छ । अन्सुनालाई सहयोग गर्न चाहनेहरुले https://www.gofundme.com/donation-for-heart-surgeryanshuna मा गएर सहयोग गर्ने सक्नेछन् ।

Comments

comments