एजेन्सी। इंग्लिस क्लब आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरले खेलको भावना विपरित व्यवहार गरेको भन्दै तीन खेलमा टचलाईन प्रतिबन्ध तथा ४० हजार पाउण्ड स्ट्रर्लिङ जरिवाना तोकिएको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएको आइतबार राति भएको वेष्ट ब्रोसँगको खेलपछि रेफ्रीको चेन्जिङ रुममा खेल भावना विपरित व्यवहार गरेको भन्दै कारबाही गरिएको हो ।

वेङ्गरले रेफ्री माइक डिनलाई प्रयोग गरेको भाषा र व्यवहार अपमानजन र अनुपयुक्त रहेको स्वीकार गरेका छन् । रेफ्री डिनले ८९ औँ मिनेटमा वेष्ट ब्रोमलाई पेनाल्टी दिएपछि वेङ्गर आक्रोशित भएका थिए ।

खेलमा आर्सनल १–१ को बराबरीमा रोकिन बाध्य भएको थियो ।

Comments

comments