एजेन्सी । भारतको जेट एयरवेजको एकजहाज भित्र उडिरहेको समयमा नै पाइलटहरु बीच झगडा भएको छ । जेट एयरवेजको फ्लाइट ९ डब्लु ११९ मा पुरुष पाइलट र महिला को-पाइलट बीच झगडा भएपछि पाइलटले को-पाइलटलाई थप्पड लगाएका थिए ।

थप्पडले रिस झन् बढेपछि को-पाइलट ककपिट छोडेर हिंडेकी थिइन्। एकछिन पछि उनी ककपिटमा फर्कीइन् र बेलायत-मुम्बईको यात्रा गरिरहेको जहाज मुम्बईमा सकुशल अवतरण भयो । यो घटना गत जनवरी १ मा घटेको हो ।

जेट एयरवेजका प्रवक्ताले उनीहरु बीचको झगडा मिलिसकेको र ३२४ जना यात्रुलाई लिएर उडिरहेको उक्त जहाजको सुरक्षालाई बेवास्ता गरि उडिरहेको समयमा नै झगडा गरेकोले आवश्यक अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडी बढेको बताएका छन् ।

Comments

comments