मेलबर्न । अष्ट्रेलियामा २१ वर्षीय एक युवक माथि गोली प्रहार भएको छ । वेन्टवर्थभिल्लेमा रहेको डोमिनोज पिज्जामा भारतीय युवक माथि लुटेराहरुको समूहले गोली चलाएको हो ।

आइतबार बिहान १:४५ को समयमा आएका लुटेराहरुले डोमिनोजमा काम गर्दै गरेका भारतका आनन्द सिंहसंग पहिले नगद मागे र त्यसपछि गोली हाने । आफूसंग काम गर्ने साथीहरुलाई जोगाउन खोजेर लुटेरासंग भिडेका उनलाई छाती र पाखुरामा गोली लाग्यो । त्यसपछि उनले एम्बुलेन्सलाई नपर्खी एकजना साथीको सहयोगमा हिंडेर नै नजिकै रहेको पुलिस स्टेसन गए र त्यसपछि अस्पतालमा भर्ना भएका छन् ।

प्रहरीले सबै घटना घटनास्थलको सिसिटिभी क्यामराले कैद गरेको भिडियोमा हेरेको थियो । प्रहरीले कलिलो उमेरका यी युवकले युवक देखाएको साहसले आफूहरु प्रभावित भएको बताएको छ । साथै प्रहरीले लुटेरा पक्राउ गर्न र यस्ता घटना हुन नदिन तथा भइहालेमा तुरुन्त प्रहरीमा खबर गर्न अनुरोध गरेको छ।

तस्बिर : Sbs Hindi

Comments

comments