मेलबर्न । अष्ट्रेलियावासी विक्की श्रेष्ठले दुर्घटनामा आफ्नी प्रेमिका गुमाएको एउटा प्रेमीको भाव बोकेको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । मायाका सुन्दर शब्दहरु बुनेर बनाइएको ‘तिम्रै लागि’ गीतको म्युजिक भिडियोलाई कथानक रुप दिइएको छ ।

आफ्नो अहिलेसम्मको सफलता र यो सांगीतिक प्रयास आमा बुवाको कारण सफल भएको मान्ने विक्की श्रेष्ठले आफ्नै शब्द, संगीत तथा स्वर मार्फत गीत तयार गरेका हुन्। गीतको म्युजिक भिडियोमा छायांकन, निर्देशन तथा सम्पादन जीवन रसाइलीको रहेको छ। रसाइली विदेशमा रहेर पनि नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निर्देशकको रुपमा चिनिन्छन् । विशेष पाण्डे र दिवेश मुल्मीको संयोजन रहेको म्युजिक भिडियोमा विक्की श्रेष्ठ र रुषा कर्माचार्यले अभिनय गरेका छन् ।

निर्देशक रसाइली र म्युजिक भिडियोसंगै वास्तविक जीवनमा समेत आफ्नी प्रेमिका रहेकी रुषा कर्माचार्यले जीवनको अरु परिस्तिथीमा जस्तै यो म्युजिक भिडियो निर्माणमा समेत महत्त्वपूर्ण सहयोग गरेको भन्दै गायक विक्कीले दुवैजनाप्रति आभार प्रकट गरेका छन्। ‘तिम्रै लागि’ भिडियोलाई गोल्डेन कंगारु फिल्मस्ले पोस्ट-प्रोडक्सन गरेको हो । हेर्नुहोस् म्युजिक भिडियो :

Comments