मेलबर्न । आजको फेशन एण्ड ब्युटी टक स्तम्भमा हामीले सातदोबाटो, ललितपुर घर भइ हाल मेलबर्नमा रहेर आफ्नो अध्ययन र करियरलाई अगाडी बढाइरहनुभएकी अमिता बि.कसंग कुराकानी गरेका छौं। प्रस्तुत छ उहाँसंग गरिएको छोटोमीठो कुराकानी :

नेपालमा तपाईंको स्थायी ठेगाना ?

मेरो घर सातदोबाटो, ललितपुर हो ।

अहिले अष्ट्रेलियामा के गर्दै हुनुहुन्छ ?

कुकरी पढ्दैछु र कस्टमर सर्भिसमा काम पनि गर्दैछु ।

तपाईंका रुचीहरु ?

क्रिकेट अनि फुटबल म्याच हेर्ने, पुस्तक पढ्ने, साथीहरुसंग घुम्न जाने, यस्तै .. ।

फेशनमा कत्तिको रुची राख्नुहुन्छ ?

फेशनप्रति मेरो रुची छ । फेशनसम्बन्धि म्यागजिन र टेलिभजन कार्यक्रमहरु मार्फत नयाँ ट्रेन्डको बारेमा जानकारी लिइराख्छु ।

तपाईंलाई मन पर्ने फेशन ट्रेन्ड ?

समय र परिस्थिति अनुसार । यही ट्रेन्ड भन्ने छैन । आफूलाई सजिलो र आत्मविश्वास जगाउने खालको हुनुपर्छ ।

लुगाहरु प्राय: कहाँ किन्ने गर्नुहुन्छ ?

धेरैजसो चाहिं Uniqlo, Forever new, Dotti मा र त्यसपछि आफूलाई मन पर्ने लुगा जहाँ देखिन्छ त्यहीं ।

कुन ब्राण्डको लुगा र जुत्ता किन्ने गर्नुहुन्छ ?

लुगा Uniqlo, Gap को किन्छु अनि जुत्ता Jo Mercer को । यी ब्राण्ड बाहेक अरु त, आफूलाई मन परेको अनि गुणस्तर र मूल्य अनुसार ।

नेपाली ट्रेडिसनल ड्रेसहरु कहाँ किन्ने गर्नुहुन्छ ?

नेपाली ड्रेस नै नेपालबाट मगाउँछु र सारी, लेहेंगा यहीं मेलबर्नमा रहेका भारतीय पसलहरुमा किन्छु ।

ती नेपाली ड्रेसहरु कत्तिको महँगो छन् र आफूले चाहेको अनुसारको कत्तिको पाउनुभएको छ ?

मूल्य त तिर्न सकिने हुन्छ तर आफूले चाहे जस्तै पाउन भने अलि खोज्नुपर्छ ।

अष्ट्रेलियामा नेपाली ड्रेसहरु सुलभ मूल्य र सहज रुपमा उपलब्ध हुनको लागि के गर्नुपर्ला ?

नेपाली पसल खोल्नुपर्यो । नेपाली ड्रेसलाई पनि ठाउँ दिनुपर्यो ।

ब्युटी सलुन कत्तिको जानुहुन्छ ?

दुई हप्तामा एकपटक जान्छु ।

नेपालीहरुले संचालन गरेको ब्युटी सलुनमा जाने गर्नुहुन्छ? त्यहाँको सेवा कस्तो लाग्छ ?

जान्छु । राम्रो लाग्छ, राम्रो व्यवहार गर्नुहुन्छ उहाँहरु ।

नेपाली ब्युटी सलुन संचालकहरुको लागि के सुझाव दिन चाहनुहुन्छ ?

जसरि गरिरहनुभएको छ, यसरि नै आफ्ना सबै ग्राहकसंग मित्रवत व्यवहार गर्दै, समान व्यवहार गर्दै गुणस्तरीय सेवा दिनको लागि अझ प्रयास गर्नुहोस् भन्न चाहन्छु ।

Comments

comments