काठमाडौं । सरकाले भारतसँग सीमा जोडिएका दक्षिणतर्फका सात नाकामा अध्यागमन कार्यालय राख्न गृहकार्य थालेको छ ।

विदेशी नागरिकका गैरकानुनी गतिविधि नियन्त्रण तथा अध्यागमन तथ्यांक व्यवस्थित गर्न इलामको पशुपतिनगरदेखि पर्साको ठोरीसम्मका आधा दर्जन नाकामा अध्यागमन कार्यालय स्थापना गर्न गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा इलामको पशुपतिनगर र मोरङको रानीमा अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ ।

Comments