मेलबर्न । नेपालबाट विदेशमा पढ्न जाने नेपाली विद्यार्थीहरुको संख्या बढेसंगै कन्सल्टेन्सीहरुको संख्या पनि दिनप्रतिदिन बढीरहेको छ । यिनै कन्सल्टेन्सीहरुको भिंडमा प्रतिस्पर्धा गर्दै आफ्नो गुणस्तरीय सेवाले पहिचान बनाउन सफल कन्सल्टेन्सी हो ‘केटिएम कन्सल्टेन्सी’ ।

केटिएम कन्सल्टेन्सी सन् २०१२ मा काठमाडौमा स्थापना भइ त्यसपछि विस्तार हुँदै हेटौडा र २०१७ मा अष्ट्रेलियाको सिड्नीमा स्थापना भएको हो । यस कन्सल्टेन्सीले अष्ट्रेलियामा विद्यार्थीहरुलाई विभिन्न परामर्श, वर्कशप दिंदै यहाँ सेटल हुनको लागि समेत सहयोग गरेको सिड्नी स्थित कार्यालयका निर्देशक भुमी सुवेदी बताउनुहुन्छ ।

कन्सल्टेन्सी स्थापनाको मूख्य उद्देश्यको बारेमा राखिएको जिज्ञासामा अर्का निर्देशक ध्रुवराज कंडेल भन्नुहुन्छ, ” विशेषत: विद्यार्थीहरुलाई गुणस्तरीय सेवा दिने र विद्यार्थी तथा माइग्रेन्टलाई अष्ट्रेलियामा सेटल हुन सघाउ गर्ने उद्देश्यले यसको स्थापना गरिएको हो । विद्यार्थीद्वारा विद्यार्थीहरुलाई परामर्श दिने हाम्रो प्रयासले गर्दा विद्यार्थीहरुले यहाँ नयाँ साथी बनाउन घुलमिल हुन तथा सबैसंग सम्बन्ध विस्तार गर्न र सम्भावित समस्यासंग जुध्न तयार रहन समेत सिक्छन् ।”

केटिएम कन्सल्टेन्सीबाट सेवा लिएका सबैजसो विद्यार्थीहरु यहाँको सेवाबाट खुशी छन् । यस कन्सल्टेन्सीले अब भारत, चीन लगायत देशहरुमा समेत आफ्नो सेवा विस्तार गर्ने योजना ल्याएको छ । केटिएम कन्सल्टेन्सीको बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस्

Comments

comments