एजेन्सी । नेइमारले प्रेमिकासंग प्याच-अप गरेका छन् । फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्टार स्ट्राइकर नेइमारले गत जुनमा तोडिएको सम्बन्धलाई फेरी गाँसेका हुन् ।

नेइमारले लामो समयदेखिकी आफ़्नी प्रेमिका ब्रुना मार्केजिनसँगको अतरंग तस्बिर इन्स्टाग्राममा पोस्ट गर्दै आफूहरु फेरि एक भएको जनाएका हुन् । नयाँ वर्षको अवसरमा उनीहरुबिच प्याच–अप भएको बुझिएको छ ।

पाँचवर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको सम्बन्धमा बेला बेला टकराव आउने गरेको छ । गएको जुनमा भएको ब्रेक–अप पाँच वर्षको अवधिमा तेस्रो थियो । नेइमारले विवाहका लागि दबाब दिएकाले ब्रेक–अप भएको अनुमान गरिएको थियो । तर अहिले दुवै सँगै आएका छन् ।

Comments

comments