काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेपाली कांग्रेसको प्रस्तावमा प्रधानमन्त्री हुने कुरा कल्पनासम्म नगरेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग दाहालले भने, ‘वामगठबन्धन बाहिर गएर प्रधानमन्त्री बन्ने सोचसम्म पलाएको छैन, प्रधानमन्त्री कसरी हुनु ?’

दाहालले जनताले निर्वाचनमार्फत् वाम गठबन्धन नेतृत्वको सरकार बनाउन म्यान्डेट दिएकाले यस्तै प्रकृतिको सरकार बन्ने बताए ।
सञ्चारकर्मीहरुसँग दाहालले भने, ‘अध्यक्ष नपाएसम्म एमालेसँग पार्टी एकता नगर्ने अडान पनि सत्य होइन ।’ एकता गर्दा कार्यकारी पद बाँडफाँड गरेर जाने विषयमा सहमति भइसकेको दाबी गर्दै दाहालले भने, ‘औपचारिकता दिन मात्रै बाँकी छ, १–२ दिनभित्रै पार्टी एकता संयोजन समितिको बैठक बसेर एकता प्रक्रिया अघि बढ्नेछ ।’

दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई व्यंग्य गर्दै भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन प्रक्रियामा ढिलाई गरेकामा मलाई चैँ नमीठो अनुभूति भइरहेको छ ।’

Please follow and like us:

Comments