दक्षिण कोरियाको इन्चोमा जारी १७ औ एसियाली खेलकुद प्रतियोगितामा आज नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपालको यु २३ फुटबल टोलीले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको हो । एसियाडको डि समूहमा रहेको नेपालले पहिलो खेलमा इराकसँग ४ –० गोल अन्तरले पराजित भएको थियो । नेपालको कुवेतसँगको भिडन्त खेल सुधारका लागि हुनेछ । यस अघि विभिन्न पा्रतियोगितामा नेपालले कुवेतसँग चार पटक खेल खेलेको यसमा तीन पटक नेपालले हार व्यहोरेको थियो भने नेपालले एक पटक मात्रै जितेको थियो ।

Comments