काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समिति बैठकमा अध्यक्ष कमल थापाको आलोचना भएको छ । निर्वाचनको समीक्षा र पार्टी काे भावी कार्य योजना तय गर्न ढाकिएको बैठक बानेश्वरस्थित अनमोल क्याटरिङमा भएको छ । संविधान सभाको दोस्रो निर्वाचनमा समानुपातिक मतले मुलुकको चौथाे दल बनेको राप्रपाले यसपटक भने राट्रिय मान्यता समेत नपाउने अवस्थामा पुगेपछि केन्द्रीय सदस्यहरूले नेतृत्वको आलोचना गरेका हुन् ।

अधिकाँश केन्द्रीय सदस्यहरुले अध्यक्ष थापाको कार्यशैलीप्रति आक्रोस व्यक्त गरेको बैठकमा सहभागीे एक नेताले बताए । बैठकमा नेताहरुले हिन्दूधर्म र राजतन्त्रको ऐजेण्डा छोड्दा पार्टी कमजोर भएको धारणा राखेका छन् । बैठकमा केन्द्रीय सदस्यहरुले आक्रोस पोखेपछि अध्यक्ष थापाले पराजयको जिम्मेवारी लिएका छन् । थापाले ‘पार्टीको पराजयमा म नैतिक जिम्मेवारी लिन्छु’ भन्दै आक्रोसित केन्द्रीय सदस्यहरुलाई शान्त हुन आग्रह गरेका थिए । अध्यक्ष थापाले राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टीको कार्यनीतिमा भएको कमजोरीले हार बेहोर्नु परेको स्वीकारेका छन् ।

बैठकमा १ सय ४० केन्द्रीय सदस्य सहभागी छन् । २०७० को निर्वाचनमा समानुपातिकबाटै २४ जनालाई साँसद बनाउन सफल भएको राप्रपाले यस पटक भने प्रतिनिधिसभा १ सिट मात्र जितेको छ । प्रदेशसभामा समानुपातिकबाट ३ सिट ल्याएकाे छ। तीन दिनसम्म चल्ने बैठकले पार्टीकाे भावी कार्य योजना तय गर्ने बताइएको छ ।

Comments