मेलबर्न । अष्ट्रेलियाको नागरिकताको लागि २०१७ मै नयाँ कानुन ल्याउन लागिएको थियो । तर लेबर पार्टी लगायतका केही पार्टी त्यसको विपक्षमा उभिएपछि त्यस सम्बन्धि विधयक संसदबाट पास हुन सकेन।

अध्यागमनमन्त्री पेटर डटनले भने नागरिकता सम्बन्धि कानुन परिवर्तन गर्ने अडान लिरहेका छन् । उनले सबै राजनीतिक दलसंग वार्ता गरेर नगारिकता सम्बन्धि परिवर्तनको विधयक पुन: संसदमा ल्याइने बताउंदै आएका छन् ।

संसदमा छलफल गरिने मिती नतोकीएपनि गृह मन्त्रालयले जुलाई १ देखि नागरिकताको लागि नयाँ कानुन आउने बताएको छ ( Home Affairs website)। नागरिकताको लागि ल्याइने भनिएका नयाँ नियमहरु यस्ता छन् :

चार वर्ष अष्ट्रेलियामा बसेको र त्यो अवधिमा एक वर्षभन्दा बढी विदेश नबसेको हुनुपर्ने ।
अंग्रेजी भाषा परिक्षा पास गर्नुपर्ने ।
अष्ट्रेलियाको नैतिक मान्यता तथा नियमहरुसंग सम्बन्धित जांच गरिने
अष्ट्रेलियाको नागरिकको दायित्व सम्बन्धि प्रश्नहरु सोधिने
अष्ट्रेलियाको समुदायसंगको सम्बन्ध मूल्यांकन गरिने

Comments