मेलबर्न । अष्ट्रेलिया सरकारले २०१७ मा दक्ष पेशाको सूचीमा परिवर्तन गरिरह्यो । अबको वर्ष अर्थात २०१८ मा समेत दक्ष पेशाको सूचीमा केही परिवर्तन हुने देखिएको छ ।

छोटो अवधिको भिसा (सर्ट टर्म भिसा) को लागि २०१८ मा हस्पिटालिटी म्यानेजर, हेयर/ ब्युटी सलुन म्यानेजर, रिक्रुटमेन्ट कन्सल्टेन्ट, बिल्डिंग एसोसिएट पेशा सूचीबाट हट्ने सम्भावना रहेको छ भने युनिभर्सिटी ट्युटर, साइकोथेरापिस्ट, प्रपर्टी म्यानेजर, रियल स्टेट एजेन्ट, रियल स्टेट रिप्रिजेंटेटिभ पेशाहरु थपिने सम्भावना रहेको छ ।

अष्ट्रेलियामा हवाईजहाज पाइलटको अभाव हुन थालेकोले २०१८ मा अष्ट्रेलिया सरकारले विदेशी पाइलटहरुको माग बढाउने सम्भावना छ। मध्यम र लामो अवधि भिसाको लागि दक्ष पेशाको सूचीमा भने सरकारले कुनै पनि परिवर्तनको संकेत देखाएको छैन ।

मध्यम र लामो अवधि भिसाको लागि दक्ष पेशाको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

Comments