मेलबर्न । अष्ट्रेलियाको भिसामा २०१८ मा केही परिवर्तन हुनेछ । आगामी मार्चदेखि लागु हुने गरि नयाँ भिसा ‘ टेम्पोररी स्किल सर्टेज भिसा’ लागु हुनेछ ।

टेम्पोररी स्किल सर्टेज भिसामा सर्ट टर्म स्ट्रिम र मिडियम टर्म स्ट्रिम रहनेछन् जसले ४५७ भिसालाई पूर्ण रुपले विस्थापन गर्छन् । सर्ट टर्म स्ट्रिम दुई वर्षको लागि हुनेछ भने मिडियम टर्म स्ट्रिम चार वर्षको लागि हुनेछ ।

सर्ट टर्म स्ट्रिम अन्तर्गतको भिसामा आउनेहरुले दुई वर्ष काम गरिसकेपछि थप एक पटकको लागि लागि मात्र आवेदन दिन सक्नेछन् भने मिडियम टर्म स्ट्रिम अन्तर्गतको भिसामा आउनेहरुले तीन वर्ष काम गरिसकेपछि पीआरको लागि आवेदन दिन सक्नेछन् । सरकारले निकालेको सम्बन्धित भिसा अनतर्गतको दक्ष पेशाको सूची अनुसार भिसाको लागि आवेदन दिन सकिनेछ ।

यी दुवै भिसाको लागि सरकारले नियम कडा बनाएको छ । भिसा आवेदन दिनको लागि पहिले भन्दा काम अनुभव धेरै हुनुपर्ने, अंग्रेजी भाषा राम्रो हुनुपर्ने, लेबर मार्केट टेस्टिंग, तालिम, असल चरित्र आदि हुनुपर्नेछ ।

थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

Comments

comments