काठमाडौं । पछिल्लो समयकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दोस्रो पटक प्रयास गर्दा पनि बेलायतको भिसा पाउन सकिनन्। पहिलो पटक ‘भिसा रिजेक्ट’ भएपछि दोस्रो पटक फेरी प्रयास गरेकी साम्राज्ञीलाई बेलायतले फेरी भिसा दिन अस्वीकार गरेको हो ।

साम्राज्ञीले ‘इन्टु मिन्टु लन्डनमा’ चलचित्रको छायाँकनका लागि बेलायत जान भिषा आवेदन दिएकी थिइन् । हालै ‘ए मेरो हजुर २’को प्रिमियरका लागि अष्ट्रेलिया पुगेर फर्किएकी शाहलाई बेलायतले के कारणले पत्याउन नसकेको हो त्यो अस्पष्ट छ ।

सबै छायाँकन बेलायतमा गरिने भनिएको यो चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ साम्राज्ञीको भिसाका कारणले सुरु हुन सकेको छैन । शाह केही दिन अगाडि दोस्रो पटक भिषाका लागि भारतस्थित बेलायती दूतावास पुगेकी थिइन् ।

चलचित्र छायाँकनका लागि निर्देशक रेनेसा राई र कलाकार धिरज मगर भने बेलायतमा रहेका छन् ।

Comments

comments