काठमाडौं । नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नाराकासाथ आज पाँचौं अन्तर्राष्ट्रिय टोपी दिवस मनाइँदै छ ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर सोमबार बिहान माइतीघर मण्डलामा भेला भएका युवाहरुले नेपाली टोपी लगाएर अन्तर्राष्ट्रिय टोपी दिवस मनाएका हुन् ।

सामाजिक सञ्जालमार्फत एकजुट हुने र टोपी दिवस मनाउने अभियान चलाएका युवाहरुको समूह माइतीघरमा भेला भएका थिए । भेलामा सहभागी हुनेहरुले सकभर नेपाली पोशाक, नभएपनि नेपाली टोपी अनिवार्य लगाउनुपर्ने सर्त राखिएको थियो ।

भेलामा सहभागी युवाहरुले ‘हाम्रो मान हाम्रो शान र पहिचान, नेपाली पोशाकलाई सम्मान’, ‘नेपाली म, नेपाली पन, राष्ट्रिय पोशाक जगेर्ना’, ‘हाम्रो अभियान मेरो ढाका टोपी, मेरो गौरव, मेरो पहिचान’ लगायतको नारा लेखिएका प्लेकाड बोकेका थिए ।

विगत केही बर्षयता अंग्रेजी नयाँ वर्षको दिनमा युवाहरुले नेपाली पोशाक लगाउने अभियान सञ्चालन गर्दै आएका छन् ।

फाइल तस्बिर

Comments

comments