मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा समुद्री जहाज दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । पार्टीमा गएका ५ जनालाई लिएर कटेज पौईन्ट ईन रेष्टुरैन्टबाट रोज बेमा फर्कदै गर्दा जहाज दुर्घटना भएको हो ।

सिड्नीको जेरुसेलम किनारा नजिकै काउन शहरमा भएको दुर्घटनामा चालक सहित पांच यात्रुको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ। विमान डुबेको ठाउँमा केही भग्नावशेष र तेल देखिएको हेलिकोप्टरमा गएर उद्धारपछि फर्किएका प्रहरीका अधिकारीहरुले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

सिड्नी सीप्लेन्स कम्पनीको उक्त जहाजमा पाईलटसहित ६ जना रहेको कम्पनीका प्रबन्ध निर्देशक आरोन शले पुष्टि गरेका छन् । अष्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी व्यूरोले घटनाको अनुसन्धान थालेको छ ।

Please follow and like us:

Comments