काठमाडौं । एभरेष्ट प्रिमियर लिगको उपाधि विराटनगर वारियर्सले जितेको छ । भैरहवा ग्लाडीयटर्सलाई १ रनले पराजित गर्दै विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिगको उपाधि जितेको हो ।

विराटनगरले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य पछ्याएको भैरहवाले पुरै ओभर खेले पनि ९ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो।

प्रतियोगिताको म्यान अफ द म्याच ३ विकेट लिनुका साथै २७ रन बनाएका विराटनगरका कप्तान परास खड्का भए।

यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएभल प्लेयर भैरहवाका रोहितकुमार पौडेल भए।

यस्तै प्रतियोगिताको म्यान अफ दि सिरिज विराटनगरका बाबर ह्यात भए।

Comments

comments