काठमाडौं । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोड्न चाहन्छन् । मेस्सी र नेइमारभन्दा कम पारिश्रमिक पाउनु, पारिश्रमिक बढाउन आग्रह गर्दा क्लबले नबढाउनु, क्लबका अध्यक्षसंग सम्बन्ध चिसिनु आदि कारणले उनले रियल मड्रिड छोड्न चाहेको बताइएको छ ।

रोनाल्डोले अरु क्लबमा जानका लागि आफ्नो मूल्य एक सय मिलियन युरो तोक्न आग्रह समेत गरेका छन् । बेलायती पत्रिका डेलीरेकर्डका अनुसार, उनले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन मध्ये एकमा जान इच्छा देखाएका छन् । उनले आवश्यक पर्ने भए दुई क्लबलाई यस बारेमा जानकारी गराउन पनि रियल मड्रिडसँग आग्रह गरेका छन् ।

रोनाल्डोल सन् २०१६ मा पाँच सिजनका लागि गरेको सम्झौतामा उनको रिलिज क्लब एक बिलियन युरो रहेको छ । रोनाल्डोका सहयोगी तथा एजेन्टले उनको अनुबन्ध मूल्य रिलिज क्लबको दश भागको एक भाग वा त्यो भन्दा कम राख्न आग्रह गरेका छन् ।

Comments

comments